प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

२०८०-०१-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-२, पिपलभञ्ज्याङ बि.पी. राजमार्गमा काठमाण्डौंबाट सिन्धुली तर्फ आउँदै गरेको बा. ८ च. ९१३५ नम्बरको रातो ग्रेटवाल कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसी दुर्घटना हुँदा कार चालक जिल्ला झापा, चारपाने बस्ने अन्दाजी ४३ वर्षीय कुमार पुरी र उक्त कारमा सवार जिल्ला सिन्धुली, कपिलाकोट-३ घर भई हाल जिल्ला काठमाण्डौं, काठमाण्डौं महानगरपालिका गौरीघाट बस्ने ३८ वर्षीया साहारा प्रसाई घटना स्थलमा नै मृत्यु भएको छ । उक्त कारमा सवार १ जना पुरुष गम्भिर घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल सिन्धुली पठाईएकोमा थप उपचारको लागि काठमाण्डौं तर्फ पठाईएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।