प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८०-०१-१५

  • A
  • A-
  • A+
Share

धादिङ, गजुरी गाउँपालिका-१, गजुरी बजार स्थित पृथ्वी लोकमार्गमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलिले काठमाण्डौंबाट भैरहवा तर्फ जाँदै गरेको लु १ ख ९९१७ नम्बरको बसमा सवार जिल्ला धादिङ, निलकण्ठ नगरपालिका-६ बस्ने २७ वर्षीय प्रकाश पोख्रेलको साथबाट ४ किलो २०० ग्राम र जिल्ला धादिङ, गजुरी गाउँपालिका-६ बस्ने ३६ वर्षीय ओम बहादुर मगरको साथबाट ५ किलो ६७५ ग्राम लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
५३ किलो ५७० ग्राम लागुऔषध गाँजा सहित ७ जना मानिस नियन्त्रणमा
२०८२-०९-१६

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजार स्थित रहेको इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुर कार्यालय अगाडी चेकपोष्टमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको चेकिङ टोलीले चितवन तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ७७०१ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९, अठारे बस्ने वर्ष अन्दाजी ३० को हिरालाल प्रजा, सोहि बस्ने वर्ष १९ को सुकराम प्रजा, अन्दाजी वर्ष १९ को राम शरण प्रजा, अन्दाज वर्ष २५ की विन्दु माया प्रजा, अन्दाजी वर्ष २९ की रन्जिता प्रजा, अन्दाजी वर्ष ३० की सुक्रमाया प्रजा र जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-९ अठोरा घर भई हाल जिल्ला चितवन राप्ति नगरपालिका-९ पिप्ले बस्ने वर्ष अन्दाजी ४८ को होमराज अधिकारीलाई चेकजाँच गर्दा निजहरूको साथमा रहेको पछाडी भिर्ने झोलामा कपडाले बेरी लुकाई छिपाई ल्याएको सबै झोलामा गरी लागुऔषध गाँजा तौल गर्दा ५३ किलो ५७० ग्राम फेला परेको । लागुऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४

धादिङ, धुनिवेशी नगरपालिका-८, खानिखोला स्थित पृथ्वी लोकमार्गमा बुटवलबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०४३४ नं.को बसमा सवार जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका-८, बस्ने हरि बहादुर घर्ति मगरको मोबाईल हराएको भनि इलाका प्रहरी कार्यालय खानिखोलामा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका-७, बस्ने वर्ष ३७ को दिनेश कुमार खत्रीको कालो ब्याग भित्र उक्त मोबाईल लुकाएर राखेको र निजको झोलामा डिजिटल तराजु समेत फेला परेको हुँदा शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको अन्दाजी २.७० ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा राखिएको ।