प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरूवा बन्दुक पड्कन गई एकको मृत्यु

२०८०-०१-१०

  • A
  • A-
  • A+
Share

नुवाकोट, मेगाङ गाउँपालिका-४, किम्ताङ गङमरङ सामुदायिक वनमा सोही ठेगाना बस्ने ३० वर्षीय अमृत तामाङ र अन्दाजी ३२ वर्षीय पन्जा घले शिकार खेल्न गएकोमा अगाडि हिडेको अमृत तामाङ एक्कासी लड्दा निजको साथमा लोड अवस्थामा रहेको भरूवा बन्दुक थान-१ पड्कन गई पछाडिको साथी पन्जा घलेको छातीमा छर्राले लागी मृत्यु भएको छ । निज अमृत तामाङलाई भरूवा बन्दुक थान १ सहित नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।