प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मिक्सचरको ठक्करबाट स्कुटर चालकको मृत्यु

२०८०-०१-०८

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१०, चौबिसकोठी स्थित हाकिम चोकबाट चौबिसकोठी तर्फ आउँदै गरेको बा २ क ८३४९ नम्बरको मिक्सचरले बाटो क्रस गर्न लागेको प्रदेश ३-०३-००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-९, बसन्त चोक बस्ने ६८ वर्षीय महेन्द्र प्रसाद पौडेल गम्भिर घाईते भई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाईएकोमा निजको मृत्यु भएको छ । स्कुटरलाई ठक्कर दिने मिक्सचर चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-१६ बस्ने २९ वर्षीय सुरेश मगर र मिक्सचर सहित नियन्त्रणमा लिई आवश्यक कारवाही भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०२-१९

चितवन, भरतपुर महानगरपालिका-४, रामघाट लाङघाली चोक स्थित बस्ने वर्ष ३५ को पुर्ण बहादुर थापा मगरको घरमा लागुऔषध गाँजा बेचबिखन हुन्छ भन्ने गोप्य सुचनाको आधारमा वाडा प्रहरी कार्यालय, चितवनबाट प्रहरी हबल्दारको कमाण्डमा खटिएको सिभिल टोलिले निजको घरको कोठा चेकजाँच गर्ने क्रममा निजले लुकाई राखेको अन्दाजी २ किलोग्राम ३६ ग्राम गाँजा फेला परेको । निज सँग रहेका जिल्ला तनहुँ बन्दीपुर नगरपालिका-३, बस्ने वर्ष २० को पुजन राना मगर र जिल्ला पर्सा बिरगंज घर भई हाल भरतपुर महानगरपालिका-४, बस्ने वर्ष २३ को बिशेष चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।