प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चोरीको स्कुटर सहित २ जना पक्राउ

२०८०-०१-०६

  • A
  • A-
  • A+
Share

दोलखा, तामाकोशी गाउँपालिका-१, भिरकोट हिले स्थित बा ८३ प ९६९७ नम्बरको निलो कलरको स्कुटर बेवारिसे अवस्थामा छ भन्ने सूचना प्राप्त हुना साथ प्रहरी चौकी किरातीछाँपबाट प्रहरी टोलि खटी गई हेर्दा उक्त स्कुटर, जिल्ला दोलखा, तामाकोशी गाउँपालिका-१ बस्ने अन्दाजी वर्ष १५ को सुवास नेपाली र सोही ठेगाना बस्ने अन्दाजी वर्ष १७ को विक्रम कटुवाल काठमाण्डौंको सोह्रखुट्टेको गल्लीमा चाबी सहित फेला पारी उक्त स्कुटर चोरी गर्ने २ जनालाई पक्राउ गरेको हो । चोरी गर्ने २ जना सहित स्कुटर नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।