प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याक्टरबाट खसी टायरमा ठक्कर खाई च्यापिदा एकको मृत्यु

२०८०-०१-०५

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१०, कर्था स्थित मदन भण्डारी सडक खण्डमा सिर्थौलीबाट दुधौलीतर्फ जाँदै गरेको चालक हाल नाम थर नखुलेको पुरुष व्यक्तिले चलाएको नम्बर नखुलेको ट्याक्टरमा अगाडी सबार जिल्ला सिन्धुली, दुधौली नगरपालिका-५, तलखा टोल बस्ने अन्दाजी ५५ वर्षीय कालिदाश अधिकारी दनुवार ट्याक्टरबाट खसी बीचको टायरमा ठक्कर खाई च्यापिदा घाईते भई उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लाँदै गर्दा बाटोमै मृत्यु भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान सहित ट्याक्टर चालकको खोजतलास कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।