प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-३, गढी गेट नजिक बि.पि. राजमार्गमा पूर्वदेखि काठमाण्डौ तर्फ आउँदै गरेको BR 06 DD 0687 नम्बरको कार आफैं अनियन्त्रित भई रोडबाट अन्दाजी ५०० फिट तल खसी दुर्घटना हुँदा कारमा सवार ५ जना पुरूषहरू मध्ये भारत समस्तिपुर बस्ने अविषेक ठाकुर,मुकेश कुमार चौधरी, मुत्यैज कुमार र राजेश कुमार सिंहको मृत्यु भएको तथा उक्त कारमा सवार धर्मेन्द्र साह गम्भिर घाईते भई उपचारको लागि काठमाण्डौं पठाईएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।