प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु

२०७९-१२-२९

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-३, गढी गेट नजिक बि.पि. राजमार्गमा पूर्वदेखि काठमाण्डौ तर्फ आउँदै गरेको BR 06 DD 0687 नम्बरको कार आफैं अनियन्त्रित भई रोडबाट अन्दाजी ५०० फिट तल खसी दुर्घटना हुँदा कारमा सवार ५ जना पुरूषहरू मध्ये भारत समस्तिपुर बस्ने अविषेक ठाकुर,मुकेश कुमार चौधरी, मुत्यैज कुमार र राजेश कुमार सिंहको मृत्यु भएको तथा उक्त कारमा सवार धर्मेन्द्र साह गम्भिर घाईते भई उपचारको लागि काठमाण्डौं पठाईएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।