प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

ट्याक्टरबाट लडी एकको मृत्यु

२०७९-१२-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-६, खर्कन्टेटार स्थित भित्रि सडकखण्डमा जिल्ला चितवन राप्ति नागरपालिका– ११, फकलटारबाट जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिकस-६, किलिंके तर्फ सिमेन्ट लोड गरी जादैँ गरेको ना ६ त ५२१८ नं.को टेक्टरमा राक्सिराङ गाउँपालिका-६ खर्कन्टेटार बस्ने वर्ष ३३ को काजी मान प्रजा चडी जाने क्रममा टेक्टरको टेलरबाट चिप्ली अनुहार र खुट्टामा चोट लागि गम्भिर घाईते भई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा निजको उपचारको क्रममा मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।