प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

हतियार सहित मानिस नियन्त्रणमा

२०७९-१२-२६

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३, बसामाडी सरस्वरी पेट्रोलपम्म नजिक पूर्ब पश्चिम सडकखण्डमा बिशेष सुचनाको आधारमा पैदल हिडिरहेको पदमपोखरी भोर्ले बस्ने वर्ष अन्दाजी ४४ को सुरेश घलानलाई प्रहरीको कमाण्डमा खटिएको बिशेष टोलीले रोकी चेकजाँच गर्दा निजको झोलाबाट USA अटोमेटिक पेस्तोल (म्याग्जिन सहित , गोली नभएको) फेला परेको थियो । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।  


सम्बन्धित समाचार
कुटपिटबाट ४२ वर्षीय महिलाको मृत्यु
२०८३-०२-१२

मकवानपुर, मनहरी गाउँपालिका-३, घर भई हेटौंडा उपमहानगरपालिका-१, चौकी टोल तरकारी मण्डि स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी ४५ को रामलाल ब्लोनले आफ्नै श्रीमती वर्ष अन्दाजी ४२ को ओम कुमारी भुजेललाई कुटपिट गरी घाईते बनाएको भन्ने खबर प्रहरी चौकी चौकी टोल मकावनपुरमा जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलि खटि गई गम्भिर अवस्थामा रहेकी ओम कुमारी भुजेललाई उद्वार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाएकोमा डाक्टरले मृत घोषणा गरेको । कुटपिट गर्ने श्रीमान् रामलाल ब्लोनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई थप अनुसन्धान कार्य भई रहेको छ । 

अमेरिकी डलर सहित मानिस नियन्त्रणमा
२०८३-०२-१०

रसुवा, उत्तरगया गाउँपालिका वडा नं. ५ बेत्रावती बजार स्थित पासाङ ल्हामु सडक खण्डमा नियमित सवारी साधनहरु चेक जाँच गर्ने क्रममा काठमाण्डौबाट टिमुरे तर्फ जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं.को यात्रुबाहक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा सवार मित्रराष्ट्र चीनको मानसरोवरको लागी जादैँ गरेको भारतिय नागरीकहरु ३० जनाको ग्रुपको गाईड जिल्ला धादिङ गंगाजमुना गाउँपालिका वडा नं.५ बस्ने बर्ष ३७ को सुशिल गुरुङको साथबाट अमेरीकी डलर १०० को ३६३ वटा, ५० को ११२ वटा, २० को २९ वटा,१० को ५० वटा, ५ को ३ वटा र १ को ५ वटा गरी जम्मा ४३,०००।– (त्रिचालिस हजार मात्र) अमेरिकी डलर फेला पारि निज गाईड र उक्त परिमाणको अमेरीकी डलर सहित नियन्त्रणमा लिएको मानिस र उक्त परिमाणको अमेरीकी डलरलाई थप अनुसन्धान कार्यको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाएको ।

लागु औषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-०८

सिन्धुली, कमलामाई नगरपालिका वडा नं.०९ भिमान सिन्धुली चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबासबाट संयुक्त प्रहरी चेकिङ टोलीले झापाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.४ ख ५५०० नं. को हायसमा  सवार जिल्ला सोलुखुम्बु दुधकण्ड नगरपालिका वडा-२ बस्ने बर्ष अन्दाजी- २६ को विक्रम श्रेष्ठको साथमा रहेको झोलामा लागु औषध (खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ तौल १०० ग्राम ४२०मिलिग्राम फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।