प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-१२-२४

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१०, तिङग्राङखानी स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको बा प्र ०१०२५ च ७९९१ नं.को फलाम लोड भएको पिकप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल त्रिशुली नदीमा खस्दा गाडी चालक जिल्ला गुल्मी, रेशुङ्गा गाउँपालिका-१० बस्ने वर्ष ३७ को सुजन थापा घाईते भई उपचारको लागि स्थानीय मेडिकल तर्फ पठाएको र उक्त पिकपमा सवार जिल्ला झापा बस्ने वर्ष अन्दाजी २६/२७ को शुरेस चौधरी त्रिशुली नदीमा हराई बेपत्ता भएको । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना मानिस नियन्त्रणमा
२०८२-०२-०५

धादिङ, गल्छी गाउँपालिका-७, गल्छी चोक स्थित गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सुमन चापागाईको कमाण्डमा खटिएको टोलीले बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख ३१३० नं.को बसलाई रोकी चेकजाँच गर्दा जिल्ला धादिङ गल्छि गाउँपालिका-४, बेल्खु स्थित अम्लेश्वर पेट्रोल पम्पबाट उक्त बसमा चढेका वर्ष ४४ को बद्री अधिकारी र ४६ वर्षीय देबराज अधिकारीलाई चेकजाँच गर्ने क्रममा निजहरुले बोकेको २ वटा कालो झोला भित्र प्लाष्टिकले पोको पारेको अन्दाजी १ किलोग्राम बराबरको ४/४ वटा गरी ८ वटा पोकामा अन्दाजी ८ किलोग्राम बराबरको लागुऔषध गाँजा सहित निजहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।