प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-१२-२४

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-१०, तिङग्राङखानी स्थित पृथ्वी लोकमार्गमा काठमाण्डौबाट पोखरा तर्फ जाँदै गरेको बा प्र ०१०२५ च ७९९१ नं.को फलाम लोड भएको पिकप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ४०/५० मिटर तल त्रिशुली नदीमा खस्दा गाडी चालक जिल्ला गुल्मी, रेशुङ्गा गाउँपालिका-१० बस्ने वर्ष ३७ को सुजन थापा घाईते भई उपचारको लागि स्थानीय मेडिकल तर्फ पठाएको र उक्त पिकपमा सवार जिल्ला झापा बस्ने वर्ष अन्दाजी २६/२७ को शुरेस चौधरी त्रिशुली नदीमा हराई बेपत्ता भएको । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।