प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी घाईते

२०७९-१२-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२४, घर भई हाल जिल्ला काभ्रे बनेपा नगरपालिका-६ बस्ने नख बहादुर ढुङ्गानाको छोरा वर्ष २१ को सुदन ढुङ्गानाले आफ्नै घर भित्र काठको बलोमा लाईलनको पासो लगाई झुण्डी रहेको अवस्थामा निजको बुबाले देखी पासो काटी उपचारको लागि सिरमेमोरीयल अस्पताल लगिएको । निजको अवस्था गम्भिर रहेको । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
अवैध लागू औषध सहित मानिस नियन्त्रणमा
२०८२-०४-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, सिमाचोक स्थित रहेको फेमसतास होटलमा लागू औषध कारोवार भई रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट प्रहरी टोलि खटि गई सो होटलमा रहेका जिल्ला, मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, नवलपुर बस्ने अन्दाजी ३० वर्षीय बिशाल पौडेलले बोकेको झोला खानतलासी गरी हेर्दा लागू औषध ONEREX १५ बोटल (प्रति बोतल १०० ML) फेला परेको हुँदा निज संगै रहेको ऐ. हेटौंडा उपमहानगरपालिका-१२, पदमपोखरी बस्ने अन्दाजी २९ वर्षीय पाल्डुव लामा संग किनेको भनी बताएको हुँदा दुबै जनालाई लागू औषध सहित नियन्त्रणमा लिई निजहरुले प्रयोग गरेको ना २३ प ६८३७ नं. को मोटरसाईकल समेत नियन्त्रनमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

अवैध लागू औषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०४-२२

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेकपोईन्ट स्थित पुर्व पश्चिम सडकखण्डमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले चितवनबाट बिरगंञ्ज तर्फ आउँदै गरेको ना ६ ख ९५३३ नम्बरको यात्रु बाहक बसलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसको A साईडको ९ र १० नं. सिटमा सवार भई आएका जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७, बस्ने वर्ष अन्दाजी १८ को संघर्ष तामाङको साथमा रहेको झोलाबाट लागुऔषध गाँजा अन्दाजी ४ किलोग्राम र सोहि स्थान बस्ने वर्ष अन्दाजी १५ को योशेप प्रजाको साथमा रहेको झोलाबाट अन्दाजी ५ किलोग्रम लागुऔषध गाँजा फेला परेको ।  लागुऔषध गाँजा सहित दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।