प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुली र धादिङमा झुण्डी मृत्यु

२०७९-१२-१६

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१०, खोरीया बस्ने ३५ वर्षीया गिता बिश्वकर्मा आफ्नै घरको छानाको ट्रसमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ ।  घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

धादिङ, ज्वालामुखी गाउँपालिका-३, अमराई बस्ने अन्दाजी ७९ वर्षीय मननारयण श्रेष्ठ अफ्नो घर नजिक रहेको बारीमा खनायोको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।