चितवनमा झुण्डी दुई जनाको मृत्यु
२०७९-१२-१०
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१६, विजयनगर स्थित बस्ने स्थायी ठेगाना जिल्ला तनहुँ, देवघाट गाउँपालिका-४ घर भएका १८ वर्षीय किसन गुरुङ विजयनगर स्थित बारीमा सिसौको रूखमा प्लाष्टिक डोरीले पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । त्यसै गरी राप्ती नगरपालिका-२, कुपन्डोल बस्ने १८ वर्षीय सुरज राई आफ्नै घरको सिलिङमा तारको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।