प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखाः- लास फेला

२०७८-०६-१८

  • A
  • A-
  • A+
Share

असोज १८, कालिन्चोक गाउँपालिका-६ लेप्टुङ बस्ने वर्ष ५० को नेत्र बहादुर खड्का आफ्नै घर देखि अन्दाजी २०० मिटर पुर्व  तर्फ रहेको पाडेखोलामा मृत्त अवस्थामा फेला परेको, निज मिति २०७८।०६।१५ गते घरबाट कोहि कसैलाई जानकारी नगराई हिडेकोमा बेपत्ता भएका निजको आफन्तले खोजतलाश गर्दै जाने क्रममा निजको लाश उक्त खोलामा फेला परेको हो । घट्नास्थल मुचुल्का कार्य पश्चात लाश पोष्टमार्टमको लागी छरिकोट अस्पताल पठाएको, घट्ना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।