प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा आगलागी, २० लाख बराबरको क्षति

२०७९-११-२९

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-८, स्थित लामोसाघु बजारमा रमेश श्रेष्ठको घरमा सोही ठेगाना बस्ने कृष्ण के.सी.को के.सी. ईलेक्ट्रोनिक सेन्टरमा बिजुलीको करेन्ट सट भई आगलागी हुदाँ उक्त पसलमा रहेको नयाँ पुरानो मोबाईल, ईलोक्ट्रोनिक जग, चार्जरहरू, घडी, मल्टिप्लग, बिजुलीको सामानहरू, अन्य विविध सामाग्री र नगद रू. १५,०००।-(पन्ध्र हजार) जली अन्दाजी जम्मा २० लाख बराबरको क्षति भएको छ । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।