प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखा र चितवनमा मानिस मृत अवस्थामा फेला

२०७९-११-२४

  • A
  • A-
  • A+
Share

दोलखा, जिरी नगरपालिका-६, पाटीटार बस्ने ४० वर्षीय टेका जिरेल घरदेखि अन्दाजी ३०० मिटर पूर्वतर्फ रहेको स्वाटे जंगलको खोल्सामा मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन,भरतपुर महानगरपालिका-२३, कसरा स्थित चितवन राष्ट्रिय निकुन्जमा माउतेको काम गरी बस्ने जिल्ला नवलपरासी कावासोती नगरपालिका-१५ घर भएको अन्दाजी ३७ वर्षीय सिखाराम महत्तो आफु सुत्ने कोठामा मृत अवस्थामा फेला परेको थियो  । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार
२३० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८१-०८-२५

चितवन, राप्ती नगरपालिका-४, डडुवा स्थितमा धादिङबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २-०३-००१ ख ४३३७ नम्बरको ट्रकमा लागुऔषध गाँजा लुकाई छिपाई ल्याएको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भन्डारा, चितवनबाट प्रहरी टोली खटी गई चेकजाँच गर्दा ट्रक भित्र त्रिपाल मुनि लुकाई छिपाई २० पोकामा २३० किलोग्राम लागु औषध गाँजा बरामद गरि ट्रक चालक जिल्ला धादिङ, थाक्रे गाउँपालिका-१० बस्ने ३० वर्षीय दिनेस डंगोल र सोहि ट्रकमा सवार सोही ठेगाना बस्ने ३१ वर्षीय सुनिल डंगोललाई समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।