प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न जिल्लामा झुण्डी मृत्यु

२०७९-११-२४

  • A
  • A-
  • A+
Share

दोलखा, शैलुङ गाउँपालिका-३, फोक्टे घर भई हाल काठमाण्डौ बस्दै आएको अन्दाजी ५२ वर्षीय नारायण श्रेष्ठ जिल्ला दोलखा, भिमेश्वर नगरपालिका-९, एक्लेपाखा सामुदायिक वनमा खरानेको रुखमा रुखको जराको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

मकवानपुर, हेटौडा उपनगरपालिका-१४, बदेलधाप बस्ने १४ वर्षीया किशिला विश्वकर्मा आफ्नै घरको कोठा भित्र रहेको सिलिङ पंखामा सलको पासो लगाई झुण्डी मृत्यु भएको थियो । मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, भरतपुर महानगरपालिका-२८, गोलाघाट स्थित नानुमाया कुमालको गोठमा सोही ठेगाना बस्ने ७० वर्षीय धन बहादुर कुमाल फलामको पाईपमा सलको पासो लगाई झुण्डी मृत्यु भएको छ । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८३-०४-०७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर स्थित पोखराबाट काकंडभिट्टा आउँदै गरेको ना २ ख.२२९३ नं. को बस खाना खानको लागि माउन्ट दिपज्योती भोजनालयमा रोकि खाना खाई गन्तब्य तर्फ जाने क्रममा सोही स्थानमा बसको अन्तिम सिट नजिकै बसको भित्र १ वटा सेतो बोरा र १ वटा कालो झोला शंकास्मद अवस्थामा देखि बसको कन्टेक्टरले तत्कालै जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई हेर्दा सेतो बोरा र कालो झोला भित्र लागुऔषध गाँजा २६ किलोग्राम २० ग्राम फेला परेको । लागुऔषध सहित जिल्ला मकवानपुर मनहरी गाउँपालिका-३, पाल दमार बस्ने वर्ष अन्दाजी २२ को समिर मोक्तान र सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्तिपुर बस्ने वर्ष अन्दाजी २० को आशिष लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।