प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नवनिर्मित भवन उद्‌घाटन सम्पन्न

२०७९-११-१६

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोगमा नव निर्मित प्रहरी चौकी सरमथली पारच्याङ र हाकु रसुवाको उद्‌घाटन कार्यक्रम सम्पन्न भएको छ । आज आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा काभ्रेका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङ, प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी लगायत स्थानिय तहका जनप्रतिनिधीहरू संचारकर्मी तथा नागरिक समाजका विभिन्न भद्रभलाद्मीहरूको उपस्थिती रहेको थियो ।

साथै उक्त कार्यक्रममा जग्गादाता र भवन निर्माणमा सहयोग पुर्‍याउनुहुने विभिन्न व्यक्तित्वहरूलाई सम्मान सहित गरिएको थियो ।

सम्बन्धित समाचार
लागूऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा
२०८३-०२-२७

सिन्धुली, कमलामाई नगरपालिका वडा नम्बर -९ भिमान चेकपोष्ट स्थित वि.पि.राजमार्ग सडकखण्डमा नियमित चेकजाँच गर्ने क्रममा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा४ख ८०१ नम्बरको  हायसको सह-चालक जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका-६ बस्ने बर्ष अन्दाजी २४ को सुमन श्रेष्ठलाई शंका लागि चेकजाँच गर्दा निजले लगाएको पाइन्टको गोजिमा खुकुरी चुरोटको प्याकेट भित्र कालो पलास्टिकले बेरी लुकाई छिपाई ल्याएको लागुऔषध खैरो हिरोईन जस्तो देखिने गिलो पदार्थ २०० मिलि ग्राम  फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।