सिन्धुपाल्चोकमा झुण्डी २ जनाको मृत्यु
२०७९-११-१०
- A
- A-
- A+
सिन्धुपाल्चोक, ईन्द्रावती गाउँपालिका-२ भोर्ले सिपा खोला स्थित बस्ने लुला बहादुर थापा क्षेत्रीको छोरी ३५ वर्षीया कमला थापाले आफ्नै घरमा भएको शौचालय भित्र स्टिलको डण्डीमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थलम मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । त्यस्तै सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-५, ट्याङथली बस्ने देबी बहादुर कार्कीको श्रीमती ३३ वर्षीया बिनु कार्कीले आफ्नै घरको निदालमा नाम्लाको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।