प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवन र सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-११-०९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९ साततले स्थित भद्रेघारी भन्ने स्थानमा सोहि बस्ने चित्र बहादुर गुरुङको छोरी र्ष १७ की शिखा गुरुङको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घर नजिकै रहेको दाउरा राख्ने कटेरोको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सिन्धुली, मरिण गाउँपालिका-५ घर भई हाल कमलामाई नगरपालिका-५ मिलनचोक स्थित भरत कुमार श्रेष्ठको घरमा कोठा भाडामा बस्ने अजय बम्जनको श्रीमती वर्ष २२/२३ की सपना बम्जनको झुण्डी मृत्यु भएको छ । निज आफु सुत्ने कोठाको सिलिङको हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार