प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

विभिन्न जिल्लामा झुण्डी ४ जनाको मृत्यु

२०७९-११-०७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ देउराली स्थित रातोमाटे सामुदयिक जङ्गल भित्र सालको रुखमा नाईलनको डोरीले पाँसो लगाई अपरिचित पुरुष व्यक्ति झुण्डी मृत अवस्थामा फेला परेको । शब अन्दाजी २०/२२ दिन पहिला झुण्डीएको जस्तो अवस्थामा रहेको, अनुहार हात खुट्टा सुकिसकेको देखिएकोले उमेर एकिन गर्न नसकिएको, घटना स्थल सुरक्षित राखि आवश्यक थप अनुसन्धान कार्य भईरहेको ।

रामेछाप, खाँडादेवि गाउँपालिका-४ पुराना गाउँ स्थित भोजराज शिलवालको घरमा जिल्ला हुम्ला शिला गाउँपालिका-९ वतन घर भई हाल श्री रक्तमाला मा.वि.मा पढाउने शिक्षक मुन बहादुर थापा आफु बसेको कोठाको दलिनमा घाँटिमा सलको पासो लगाइ मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

काभ्रे, बनेपा नगरपालिका-८ बसपार्क पछाडी सलिन श्रेष्ठको घरमा डेरा गरी बस्ने जिल्ला रामेछाप उमाकुण्ड गाउँपालिका-४ घर भएका मिन बहादुर श्रेष्ठको श्रीमती वर्ष २२ की देबु श्रेष्ठ कोठा भित्र पङ्खा अड्याउन राखिएको रडमा सलको पासो लगाई मृत अवस्थामा फेला परेकी छिन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

चितवन, भरतपुर ममहानगरपालिका-१६ बस्ने वर्ष ४० को नकुल कार्की आफ्नै भान्छ कोठामा फलामको डण्डीमा प्लाष्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका छन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

 

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ मानिस नियन्त्रणमा ।
२०८३-०८-०४

चितवन, राप्ती नगरपालिका-१ लोथर स्थित प्रहरी चेकिङ पोइन्टमा गोप्य सूचनाको आधारमा प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा हेटौंडाबाट चितवन तर्फ आउँदै गरेको NL 0107792 नम्बरको भारतीय कन्टेनरको अगाडि भागको ड्राइभर सिटको पछाडि क्याबिनमा False Bottom मा लुकाई छिपाई गरी ल्याउँदै गरेको लागू औषध (गाँजा)  तौल गर्दा ४४३ के.जि  सहित सवारी साधन, उक्त कन्टेनरमा सवार चालक देश भारत बैशाली जिल्ला ग्राम चर्खाजे बस्ने वर्ष २४ को सत्यम कुमार र सह-चालक सोही स्थान  बाबन घाट बस्ने वर्ष २० को रौनक कुमारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।