प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बसमा मोटरसाईकल ठक्कर खाँदा एकको मृत्यु

२०७९-०९-१२

  • A
  • A-
  • A+
Share

काभ्रे, नमोबुद्ध नगरपालिका-२ बुच्चाकोट स्थित बि.पि. राजमार्गमा बसमा मोटरसाईकल ठक्कर खादाँ मोटरसाईकलमा सवार मानिसको मृत्यु भएको छ भने मोटरसाईकल चालक मध्यम घाईते भएका छन । मृत्यु हुने मानिस जिल्ला सिन्धुली दुधौली नगरपालिका डकाहा बस्ने अन्दाजी २०/२५ वर्षीय सुमन काफ्ले रहेका छन । धुलिखेलबाट भकुण्डे तर्फ जाँदै गरेको प्रदेश १-००१ प ०८८९ नं.को मोटरसाईकलले  सोहि दिशा तर्फ जादै गरेको बागमति प्रदेश ०२६ च ५२१० नं.को कारलाई ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउँदै गरेको बा ४ ख ६२७ नं.बसमा ठक्कर खादाँ दुर्घटना भएको थियो । दुर्घटनामा घाईते भएका व्यक्तिहरुको उपचारको लागी धुलिखेल अस्पताल पठाईएको थियो । मृतक निज काफ्लेलाई धुलिखेल अस्पातालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गर्नु भएको थियो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार