प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

२०७९-०६-२७

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-३ उनान्टोल स्थित चिरञ्जिवी सडौलाको घरमा जुवातास खेलिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, खैरहनीबाट  प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटी गई जुवातास खेल्ने ७ जना मानिसहरूलाई पक्राउ गरी नगद रू. २,२४,५२०/- (दुई लाख चौबिस हजार पाँच सय बीस), तास १ (एक) थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार