प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सुन चोरी गर्ने व्यक्ति नियन्त्रणमा

२०८३-०५-२९

  • A
  • A-
  • A+
Share

मिति २०८३।०५।२४ गते अन्दाजी  १५:३० बजेको समयमा जिल्ला रामेछाप मन्थली नगरपालिका -६ कुनौरी बस्ने पुर्बे माझीको श्रीमती राम्रो सँग बोल्न नसक्ने अन्दाजी वर्ष  ५४ की बिभा माझिलाई अन्दाजी वर्ष  ५०/५२ की अपरिचित महिलाले ललाई फकाई ओम शान्ति चोक तिर लगि अपरिचित व्यक्तिको खाली कटेजमा निज महिलाले आफ्नै साथमा बोकी ल्याएको लोकल रक्सी जस्तो पदार्थ खान दिई अचेत बनाई दुबै कानको सुनको सक्कली गहना झिकि नक्कली गहना निज महिलाको कानमा लगाई दिई  चोरी गरेको घटना सम्बन्धमा  मिति २०८३।०५।२८ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय रामेछापमा उपस्थित भई जानकारी गराउना साथ  जिल्ला प्रहरी कार्यालय रामेछापको CCTV Footage को सहायताले उक्त महिलालाई खोजतलास गर्ने क्रममा मन्थली नगरपालिका-१ कटहरबोटमा सिताराम लुहारले संचालन गरेको न्यू सनराईज ज्वेलर्समा बिक्री गरेको CCTV Footage मा देखिएकोले तत्काल प्रहरी टोली खटी गई रितपूर्वक बरामद गरी न्यू सनराईज ज्वेलर्सका संचालक सिताराम लुहारलाई नियन्त्रणमा लिई  सोधपुछ गर्दै जाँदा  सुनको गहना चोरी गरी बिक्री गर्ने जिल्ला रामेछाप गोकुलगंगा गाँपालिका-२ दोर्जी बस्ने मोहन कार्कीको श्रीमती वर्ष अन्दाजी ५३ की मैया कार्कीलाई निजको घरबाट मिति २०८३।०५।२९ गते नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०६-१८

मकवानपुर हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने वर्ष अन्दाजी ३१ की सुष्मा तिमल्सिनाले बिक्री वितरण गर्ने उद्देश्यले घरमा लागूऔषध खैरो हिरोइन लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय सानोपोखरा हेटौंडा मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोहि स्थानमा गई रितपूर्वक खानतलासी गर्दा निज सुत्ने गरेको कोठा भित्र कपडा राख्ने स्टिलको दराजमा लुकाई छिपाई राखेको अवस्थामा ३ ग्राम ८५० मिलिग्राम लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्त फेला परेको हो । उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ । 

७१ औ प्रहरी दिवस २०८३ को अवसरमा नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम
२०८३-०६-१७

जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२ कुर्लेदमार खेल मैदानमा “७१ औ प्रहरी दिवस २०८३” को अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा तथा बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडा मकवानपुरको आयोजना र मकवानपुरगढी गाउँपालिकाको समन्वयमा स्थानिय सर्वसाधरण, बाहालवाला तथा पुर्व प्रहरी कर्मचारीको लागि नि:शुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण कार्यक्रम गरिएको थियो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी ज्युको प्रमुख आतिथ्यता तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता/सुचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद धमला, बागमती प्रदेश प्रहरी अस्पताल हेटौडाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक डा.बिकल श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, मकवानपुरगढी गाँउपालिकाका जनप्रतिनिधी लगायत स्थानियबासी, पत्रकार, पुर्व प्रहरी कर्मचारी र बाहालवाला कर्मचारी सहित अन्दाजी ५०/६० जनाको उपस्थितीमा नि:शुल्क स्वास्थ्य शिविरको औपचारीक उद्घाटन कार्यक्रम सुरु भएको थियो ।