सुन चोरी गर्ने व्यक्ति नियन्त्रणमा
२०८३-०५-२९
- A
- A-
- A+
मिति
२०८३।०५।२४ गते अन्दाजी १५:३० बजेको समयमा जिल्ला
रामेछाप मन्थली नगरपालिका -६ कुनौरी बस्ने पुर्बे माझीको श्रीमती राम्रो सँग बोल्न
नसक्ने अन्दाजी वर्ष ५४ की बिभा माझिलाई अन्दाजी वर्ष ५०/५२ की अपरिचित महिलाले ललाई फकाई ओम शान्ति
चोक तिर लगि अपरिचित व्यक्तिको खाली कटेजमा निज महिलाले आफ्नै साथमा बोकी ल्याएको
लोकल रक्सी जस्तो पदार्थ खान दिई अचेत बनाई दुबै कानको सुनको सक्कली गहना झिकि
नक्कली गहना निज महिलाको कानमा लगाई दिई चोरी गरेको घटना सम्बन्धमा मिति २०८३।०५।२८ गते १६:००
बजे जिल्ला प्रहरी कार्यालय रामेछापमा उपस्थित भई जानकारी गराउना साथ जिल्ला प्रहरी कार्यालय
रामेछापको CCTV
Footage को सहायताले उक्त महिलालाई खोजतलास
गर्ने क्रममा मन्थली नगरपालिका-१ कटहरबोटमा सिताराम लुहारले संचालन गरेको न्यू
सनराईज ज्वेलर्समा बिक्री गरेको CCTV Footage मा देखिएकोले तत्काल प्रहरी
टोली खटी गई रितपूर्वक बरामद गरी न्यू सनराईज ज्वेलर्सका संचालक सिताराम लुहारलाई
नियन्त्रणमा लिई सोधपुछ गर्दै जाँदा सुनको गहना चोरी गरी बिक्री गर्ने जिल्ला
रामेछाप गोकुलगंगा गाँपालिका-२ दोर्जी बस्ने
मोहन कार्कीको श्रीमती वर्ष अन्दाजी ५३ की मैया
कार्कीलाई निजको घरबाट मिति २०८३।०५।२९ गते नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय
रामेछापमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।