लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२३
- A
- A-
- A+
मिति २०८३।०५।२३ गते अन्दाजी १०:४० बजेको
समयमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१० बसपार्क स्थितमा खटिएको प्रहरी
टोलीले बसपार्कमा बसी रहेको अबस्थामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-११
बस्ने बर्ष अन्दाजी १९ कि एन्जल श्रेष्ठलाई शंका लागी निजले बोकेको झोला चेकजाँच
गर्दा झोला भित्र लागुऔषध डाइजेपाम ६ एम्पुल, फेनेरागन ४ एम्पुल, नुरफिङ ५ एम्पुल
गरी जम्मा १५ एम्पुल लागुऔषध फेला पारी सोधपुछ गर्दा उक्त झोला निजको साथी बसपार्क
पशुपति काउण्टरमा काम गर्ने जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१२ बस्ने बर्ष
अन्दाजी २६ को निम लामाको रहेको भनि जानकारी गराएकोले उक्त लागुऔषध सहित दुबै
जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान
कार्य भईरहेको ।