फरार प्रतिवादी पक्राउ गरेको सम्बन्धमा
२०८३-०५-२३
- A
- A-
- A+
मिति २०८३।०५।२३ गते
अन्दाजी १६:४० बजेको समयमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका- ७ बस्ने बर्ष २३ को
काले भन्ने दिपक योन्जनलाई मिति २०८२।०५।०८ गतेको सिन्धुली जिल्ला अदालतको फैसला
अनुसार स्कुटर चोरी (मु.नं.०७८-८१-०१३१) मुद्दामा १ बर्ष कैद र रु.१०,०००।–
जरिवाना र निजकै नाममा सिन्धुली जिल्ला अदालको मिति २०८२।०५।०१ गतेको फैसला अनुसार
मोटरसाईकल चोरी (मु.नं.०७८-८१-०१३२) मुद्दामा १ बर्ष कैद र रु.१०,०००।– जरिवाना
फैसला भई फरार रहेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको
प्रहरी टोलिले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याई आवश्यक
अनुसन्धान कार्य भईरहेको ।