लागुऔषध खैरो हिरोईन सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२२
- A
- A-
- A+
मिति २०८३।०५।२२ गते अन्दाजी १६:३०
बजेको समयमा लागुऔषध खैरो हिरोईन बिक्रि बितरण भईरहेको भन्ने विशेष सुचनाको आधारमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षको कमाण्डमा टोली खटि गई जिल्ला
मकवानपुर हेटौडा उप-महानगरपालिका-११ थानाभर्याङ बुद्धचोक स्थित रहेको रंजित
बस्नेतको भान्सा घरमा रितपुर्वक खानतलासी निज रंजित बस्नेत, सोही स्थान बस्ने वर्ष
अन्दाजी ३० को अनिश चौलागाई र सोही स्थान बस्ने वर्ष अन्दाजी २९ को इन्द्र बहादुर
अधिकारी समेत तिनै जना भान्सा घरमा रहेको अबस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा
निज रंजित बस्नेतको साथ बाट लागुऔषध खैरोहिरोईन जस्तो देखिने स-सानो २१ वटा पुडिया
फेला पारी प्लाष्टिक सहित तौल गर्दा ५ ग्राम ५९० मिलिग्राम (प्लाष्टिक हटाई शुद्ध
तौल गर्दा १ ग्राम ३२० मिलिग्राम) लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ
सहित निज इन्द्र बहादुर अधिकारीको बा ९४ प ५३७९ नं. मो.सा., नगद रु.५,०००।–(पाँच हाजर) र रंजित बस्नेतको साथबाट नगद नेपाली रु. १०,०००।–(दश
हजार) समेत नियन्त्रणमा लिई निज ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई
आवश्यक अनुसन्धान कार्य भईरहेको ।