प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी-२०८३ कार्यक्रम सम्पन्न

२०८३-०२-२७

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाण्डौ र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा यस बागमती प्रदेश प्रहरी कार्यालयको हलमा बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री इन्द्रबहादुर बानियाँज्यूको प्रमुख आतिथ्यतामा एक दिवसीय “ बागमती प्रदेश स्तरीय अपराध अनुसन्धान गोष्ठी” कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि माननीय आन्तरिक मामिला मन्त्री शिवराज अधिकारीज्यू, विशिष्ट अतिथि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्र.अ.म.नि. सुशिल सिंह राठौरज्यू, उच्च सरकारी वकिल कार्यालयका सहन्यायधिवक्ता पुजा खत्रीज्यू, मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीज्यू, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्र.ना.म.नि. दिपक रेग्मीज्यू, प्रहरी वरिष्ठ उपरीक्षकज्यूहरु, मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुख र अनुसन्धान अधिकृत, कसुरको अनुसन्धान गर्ने इलाका प्रहरी कार्यालयका कार्यालय प्रमुखहरु, पत्रकार महासंघका अध्यक्ष, संचारकर्मीहरु गरी १७२ जनाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
सवारी दुर्घटनामा मानिस मृत्यु
२०८३-०५-२५

चितवन, रत्ननगर नगरपालिका-३ पुरानो यमहा सोरुम अगाडी पुर्व पश्चिम राजमार्गमा टाँडीबाट खैरहनी तर्फ जादै गरेको ना३ ख ५१८७ नम्बरको फुटकर लोड ट्रकले खैरहनीबाट टाँडी तर्फ आउँदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ४३ को दिपेन्द्र बर्तौला घाईते भई उपचारको लागी नया मेडिकल कलेज भरतपुर पठाएको , सोही स्कुटर सवार ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३९ को पृतम मोक्तानको शरीरको विभिन्न भागमा चोट लागी घाईते भई उपचारको लागी स्थानिय बकुलहर हस्पिटल टाँडीमा पठाएकोमा उपचारको क्रममा  चिकित्सकले मृत्यु घोषणा गरेको छ, ट्रक चालक जिल्ला पर्सा कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष अन्दाजी ३६ को रन्जित कुमार पटेल प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धी थप अनसन्धान कार्य भई रहेको छ ।  

भोटेकोशी बाढी अपडेट: १ हजार ३ सय ६५ जनाको शव फोला
२०८३-०५-२४

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ :०० बजे सम्म १ हजार ३ सय ६५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ७४ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २६ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ६५ जनाको शव फेला परेको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय १० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिहरूलाई राखिएको छ । 

आत्मादाह प्रयास गरे सम्बन्धी
२०८३-०५-२३

२०८३।०५।२३ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ३ सातदोबाटो चोक स्थित जिल्ला रामेछाप गोकुलगांगा गाँउपालिका- १ चुचुरे घर भई हाल जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ६ स्थित रहेको गुन्द्रुक थकाली चार्जिङ स्टेसनमा काम गर्ने बर्ष अन्दाजी २५/२६ को  बिमल खत्री बा.प्र.०२०३३ प ३७३७ नं. को स्कुटरमा तामाकोशी तर्फ बाट आई अचानक स्कुटर रोकी लडाई  स्कुटरबाट पेट्रोल निकाली आफ्नो शरिरमा छर्की रहेको अवस्थामा स्थानिय र प्रहरी टोलिले देखी तत्काल उद्धार गरी उपचारको लागि पशुपति चौलागाई स्मृति अस्पताल दोलखा पठाएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२३

मिति २०८३।०५।२३ गते अन्दाजी १०:४० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१० बसपार्क स्थितमा खटिएको प्रहरी टोलीले बसपार्कमा बसी रहेको अबस्थामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-११ बस्ने बर्ष अन्दाजी १९ कि एन्जल श्रेष्ठलाई शंका लागी निजले बोकेको झोला चेकजाँच गर्दा झोला भित्र लागुऔषध डाइजेपाम ६ एम्पुल, फेनेरागन ४ एम्पुल, नुरफिङ ५ एम्पुल गरी जम्मा १५ एम्पुल लागुऔषध फेला पारी सोधपुछ गर्दा उक्त झोला निजको साथी बसपार्क पशुपति काउण्टरमा काम गर्ने जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१२ बस्ने बर्ष अन्दाजी २६ को निम लामाको रहेको भनि जानकारी गराएकोले उक्त लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।