लागुऔषध गाँजा सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-१२-२७
- A
- A-
- A+
धादिङ गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गा स्थित काठमाण्डौबाट कपिलबस्तु
तर्फ आँउदै गरेको लुम्बिनि प्रदेश ०१-००१ ख ०८७३ नम्बरको यात्रु बाहक बसमा अपरिचित
व्यक्तिले शंकास्पद
सामान लिई गएको भनी गोप्य सूचना
प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट खटिएको थियो । टोली धादिङ गल्छी गाउँपालिका-४ स्थित मासटारमा पुगी उक्त
नम्बरको
यात्रुबाहक बस रोकी चेकजाँच गर्दा शंकास्पद
रुपमा रहेका जिल्ला धादिङ
गल्छी गाउँपालिका-८ किरानचोक बस्ने वर्ष अन्दाजी २५ को हरि तामाङ र बर्ष अन्दाजी २५ को आकाश तामाङलाई
नियन्त्रणमा लिई निजहरुको साथमा रहेको ४ वटा झोला चेकजाँच गर्दा लागूऔषध गाँजा ३१ किलो ४०० ग्राम फेला परेको हो ।
उक्त लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।