प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न

२०८२-११-०३

  • A
  • A-
  • A+
Share

तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकज्यूले यस कार्यालयले निर्वाचन सुरक्षार्थ तयार गरेको जनशक्ती परिचालन, स्रोतसाधनको व्यवस्थापन, योजना सम्बन्धि जानकारी लीनुभई आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा प्रहरी कर्मचारीहरुले आफ्नो तोकिएको जिम्मेवारी त्रुटि रहित ढंगबाट वहन गर्न आवश्यक निर्देशन दिनुभएको थियो ।

सम्बन्धित समाचार
लागूऔषध गाँजा सहित ट्रक नियन्त्रणमा ।
२०८३-०६-२८

चितवन, भरतपुर महानगरपालिका-२९ जुगेडी स्थितमा काठमाडौँबाट पथलैया तर्फ जाँदै गरेको ना ५ ख ८६७६ नम्बरको ट्रकले गाँजा लोड गरी ल्याएको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय चितवनवाट खटीएको टोलीले रोकी चेकजाँच गर्ने क्रममा उक्त ट्रकको पछाडिपट्टि ढालामा त्रिपालले छोपी ल्याएको अवस्थामा प्याकेट बनाई राखेको १० पोका तौल गर्दा १३६.५०० केजी गाँजा फेलापारी उक्त ट्रक र  चालक जिल्ला मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर-४ पान्द्राङ बस्ने वर्ष-२७ को रन्जित सुनारलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्यभईरहेको ।

सवारी दुर्घटनामा चालक घाईते ।
२०८३-०६-२६

सिन्धुली, दुधौली नगरपालिका वडा नम्बर-५ वडा कार्यालय  स्थित मदन भण्डारी राजमार्ग सडक खण्डमा काठमाण्डौंबाट धरानतर्फ जाँदै गरेको चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका वडा नम्बर-९ बस्ने बर्ष २५ को संजिव राइले चलाएको बा.प्र.०२-०३-३०प०३८२ नम्बरको मोटरसाइकललाई सोही दिशा खनियार्खकबाट सिर्थोलीतर्फ जाँदै गरेको चालक जिल्ला सिन्धुली दुधौली नगरपालिका वडा नम्बर-५ बस्ने बर्ष २६ को डम्बर बहादुर  तामाङले चलाएको  ना ७ त ५३२९ नम्बर ट्याकटरले ठक्कर दिई दुर्घटना हुदाँ मोटरसाइकल चालक घाईते भई उपचार भइरहेको, ट्याक्टर चालक नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान कार्य भइरहेको ।