अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४
- A
- A-
- A+
धादिङ,
धुनिवेशी नगरपालिका-८, खानिखोला स्थित
पृथ्वी लोकमार्गमा बुटवलबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०४३४
नं.को बसमा सवार जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका-८, बस्ने हरि बहादुर घर्ति
मगरको मोबाईल हराएको भनि इलाका प्रहरी कार्यालय खानिखोलामा जानकारी गराउना साथ इलाका
प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई
चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका-७, बस्ने वर्ष
३७ को दिनेश कुमार खत्रीको कालो ब्याग भित्र उक्त मोबाईल लुकाएर राखेको र निजको
झोलामा डिजिटल तराजु समेत फेला परेको हुँदा शंका लागी चेकजाँच गर्दा निजले बोकेको
झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको अन्दाजी २.७० ग्राम खैरो हिरोईन जस्तो देखिने
पदार्थ फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय
खानिखोलामा राखिएको ।