दोलखामा झुण्डी २० वर्षीय पुरूषको मृत्यु
२०८२-०९-१०
- A
- A-
- A+
दोलखा
भिमेश्वर नगपालिका-१, सुष्पा क्षमावती घर भई हाल बैतेश्वर गाउँपालिका-६, सिरानघर
टोल रमेश गिरीको घरमा बस्दै आएको हस्त बहादुर थामीको छोरा अन्दाजी वर्ष २० को सुसन
थामी घरबाट अन्दाजी १ किलो मिटर दक्षिण तर्फ डडुवा सामुदायिक वनमा खिर्रोको रुखमा
नाम्लोको डोरीले घाँटीमा पासो लगाई झण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।