प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मानिस लडी मृत्यु

२०८२-०८-०९

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२०, नयाँ बजार स्थित स्थायी घर भइ हाल सोही ठेगानामा डेरा गरि बस्ने ६९ वर्षीय शुक बहादुर सार्की धारामा लडिरहेको अवस्थामा निजको छोराले देखि तत्काल उपचारको लागि भरतपुर सरकारी अस्पताल भरतपुरमा लगेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । सो घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
विभिन्न स्थानबाट अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०८-१५

चितवन, भरतपुर महानगरपालिका-१७ गोब्रेनीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ३ सय ३० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने २४ वर्षीय रबिन परियारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१८ सिमरी टाउन चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ८ सय ९० मिलिग्राम सहित सोही महानगरपालिका-१७ बस्ने ३७ वर्षीय अमिर गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.५६ प ९३८३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।