प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

गोली प्रहारबाट ६४ बर्षीय पुरूषको मृत्यु

२०८२-०७-२८

  • A
  • A-
  • A+
Share

मकवानपुर, राक्सिराङ गाउँपालिका-१, कोलगैरी ठकुरीडाँडा बस्ने वर्ष अन्दाजी ७५ को इमान सिंह थोकरले सोहि  बस्ने वर्ष अन्दाजी ६४ को ठुले गोलेलाई पुरानो रिसिभिको कारण गोली प्रहार गरी मृत्यु भएको छ । यस घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार
ट्रकले स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार एकको मृत्यु ।
२०८३-०५-२५

मिति २०८३/०५/२५ गते अन्दाजी ०९:४५ बजेको समयमा जिल्ला चितवन रत्ननगर नगरपालिका-३ पुरानो यमहा सोरुम अगाडी पुर्व पश्चिम राजमार्गमा टाँडीबाट खैरहनी तर्फ जादै गरेको ना३ ख ५१८७ नम्बरको फुटकर लोड ट्रकले खैरहनी बाट टाँडी तर्फ आउदै गरेको ना ३९ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका-७ बस्ने वर्ष अन्दाजी ४३ को दिपेन्द्र बर्तौला घाईते भई उपचारको लागी नया मेडिकल कलेज भरतपुर पठाएको छ भने स्कुटरमा पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष अन्दाजी ३८/३९ को पृतम मोक्तानको शरीरको विभिन्न भागमा चोट लागी घाईते भई उपचारको लागी स्थानिय बकुलहर हस्पिटल टाँडीमा पठाएकोमा उपचारको क्रममा ऐ.०९:५५ बजेको समयमा सम्बन्धित चिकित्सकले मृत्यु घोषणा गरेको छ । ट्रक,स्कुटर र ट्रक चालक जिल्ला पर्सा कालिकामाई गाउँपालिका-१ बस्ने वर्ष अन्दाजी ३६ को रन्जित कुमार पटेल प्रहरीको नियन्त्रणमा रहेको छ । घटना सम्बन्धी थप अनसन्धान कार्य भई रहेको छ ।  

भोटेकोशी बाढी अपडेट: १ हजार ३ सय ६५ जनाको शव फोला
२०८३-०५-२४

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४ :०० बजे सम्म १ हजार ३ सय ६५ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १ सय ७४ जना, नुवाकोटमा १ सय ९७ जना, धादिङमा ७० जना, चितवनमा ३ सय ६३ जना, गोरखामा ७५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय २६ जना र नवलपरासी पश्‍चिम २ सय २२ जना गरी १ हजार ३ सय ६५ जनाको शव फेला परेको हो ।  फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार १ सय ४८ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ४ सय १२ गरी कुल २ हजार ६ सय ९८ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ३ सय १० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७७ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार ३० जना व्यक्तिहरूलाई राखिएको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०५-२३

मिति २०८३।०५।२३ गते अन्दाजी १०:४० बजेको समयमा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१० बसपार्क स्थितमा खटिएको प्रहरी टोलीले बसपार्कमा बसी रहेको अबस्थामा जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-११ बस्ने बर्ष अन्दाजी १९ कि एन्जल श्रेष्ठलाई शंका लागी निजले बोकेको झोला चेकजाँच गर्दा झोला भित्र लागुऔषध डाइजेपाम ६ एम्पुल, फेनेरागन ४ एम्पुल, नुरफिङ ५ एम्पुल गरी जम्मा १५ एम्पुल लागुऔषध फेला पारी सोधपुछ गर्दा उक्त झोला निजको साथी बसपार्क पशुपति काउण्टरमा काम गर्ने जिल्ला मकवानपुर हेटौडा उप-महानगरपालिका-१२ बस्ने बर्ष अन्दाजी २६ को निम लामाको रहेको भनि जानकारी गराएकोले उक्त लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

आत्मादाह प्रयास गरे सम्बन्धी
२०८३-०५-२३

२०८३।०५।२३ गते अन्दाजी १७:३० बजेको समयमा जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ३ सातदोबाटो चोक स्थित जिल्ला रामेछाप गोकुलगांगा गाँउपालिका- १ चुचुरे घर भई हाल जिल्ला दोलखा भिमेश्वर नगरपालिका- ६ स्थित रहेको गुन्द्रुक थकाली चार्जिङ स्टेसनमा काम गर्ने बर्ष अन्दाजी २५/२६ को  बिमल खत्री बा.प्र.०२०३३ प ३७३७ नं. को स्कुटरमा तामाकोशी तर्फ बाट आई अचानक स्कुटर रोकी लडाई  स्कुटरबाट पेट्रोल निकाली आफ्नो शरिरमा छर्की रहेको अवस्थामा स्थानिय र प्रहरी टोलिले देखी तत्काल उद्धार गरी उपचारको लागि पशुपति चौलागाई स्मृति अस्पताल दोलखा पठाएको आवश्यक अनुसन्धान कार्य भईरहेको ।  

फरार प्रतिवादी पक्राउ गरेको सम्बन्धमा
२०८३-०५-२३

मिति २०८३।०५।२३ गते अन्दाजी १६:४० बजेको समयमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका- ७ बस्ने बर्ष २३ को काले भन्ने दिपक योन्जनलाई मिति २०८२।०५।०८ गतेको सिन्धुली जिल्ला अदालतको फैसला अनुसार स्कुटर चोरी (मु.नं.०७८-८१-०१३१) मुद्दामा १ बर्ष कैद र रु.१०,०००।– जरिवाना र निजकै नाममा सिन्धुली जिल्ला अदालको मिति २०८२।०५।०१ गतेको फैसला अनुसार मोटरसाईकल चोरी (मु.नं.०७८-८१-०१३२) मुद्दामा १ बर्ष कैद र रु.१०,०००।– जरिवाना फैसला भई फरार रहेको फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी टोलिले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।