प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित ५ जना मानिस नियन्त्रणमा

२०८२-०७-२७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-५, सानोपोखरा स्थित मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा लागुऔषधको कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो स्थानबाट लागुऔषध ट्रामाडोल ट्याब्लेट ८३०० पिस  फेला परेको । लागुऔषध सहित सो स्थानमा रहेका जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-२, बस्ने वर्ष अन्दाजी ३५ को राजिव लामा, सोहि हेटौंडा उपमहानगरपालिका-१७, बस्ने वर्ष अन्दाजी २० को प्रवेश बरैली, सोहि हेटौंडा उपमहानगरपालिका-४, बस्ने वर्ष अन्दाजी २० को निशान कोईराला, जिल्ला मकवानपुर मकवानपुरगढी गाउँपालिका-२, कुर्ले बस्ने वर्ष अन्दाजी २३ को दिपेश संजेल र जिल्ला मकवानपुर बकैया गाउँपालिका-१२, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१५, बस्ने वर्ष अन्दाजी १९ को अशोक स्याङ्तानलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०९-१४

धादिङ, धुनिवेशी नगरपालिका-८, खानिखोला स्थित पृथ्वी लोकमार्गमा बुटवलबाट काठमाण्डौ तर्फ जाँदै गरेको लु.प्र.०१-००१ ख ०४३४ नं.को बसमा सवार जिल्ला पाल्पा रिब्दिकोट गाउँपालिका-८, बस्ने हरि बहादुर घर्ति मगरको मोबाईल हराएको भनि इलाका प्रहरी कार्यालय खानिखोलामा जानकारी गराउना साथ इलाका प्रहरी कार्यालय खानिखोलाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ७ जनाको टोली खटि गई चेकजाँच गर्ने क्रममा बसमा सवार जिल्ला बर्दिया बारबर्दिया नगरपालिका-७, बस्ने वर्ष ३७ को दिनेश कुमार खत्रीको कालो ब्याग भित्र उक्त मोबाईल लुकाएर राखेको र निजको झोलामा डिजिटल तराजु समेत फेला परेको हुँदा शंका लागी चेकजाँच गर्दा निजले बोकेको झोला भित्र प्लाष्टिकमा बेरेर राखिएको अन्दाजी २.७० ग्राम खैरो हिरोईन जस्तो देखिने पदार्थ फेला परेको । निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय खानिखोलामा राखिएको ।