प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटनामा परि ३७ वर्षीय परूषको मृत्यु

२०८२-०७-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-९, माष्टरचोक स्थित पुर्व पश्चिम सडक खण्डमा जनकपुरबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ ख २६५६ नम्बरको यात्रुबाहक बसले जिल्ला रूपनदेहि देबदह नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ३७ को राम बहादुर बोहरालाई ठक्कर दिई घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिगई घाइतेलाई अचेत अवस्थामा उद्धार गरी उपचारको लागी हेटौंडा अस्पताल मकवानपुर पठाईएकोमा डाक्टरले मृत घोषणा गरेको । बस चालक जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका-६, बस्ने वर्ष अन्दाजी ३३ को सुजय कुमार सिंहलाई बस सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।