लागुऔषध सहित २ जना महिला नियन्त्रणमा
२०८२-०७-२१
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-२ सिनेमा रोड स्थित इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको शादा
पोशाकको टोलीले विशेष सूचनाको आधारमा जिल्ला चितवन खैरहनी नगरपालिका-८, बस्ने वर्ष अन्दाजी २३ की चन्दना परियार र जिल्ला काठमाण्डौं धापासी बस्ने वर्ष अन्दाजी २३ की पवित्रा खत्रीको साथबाट लागुऔषध प्रोमेथिन ८० ट्याब्लेट, ट्रामाडोल ७३ ट्याब्लेट र भोमिट १० ट्याब्लेट फेला परेको थियो । लागुऔषध सहित निजहरुलाई
नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाएको ।