लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-०७-१८
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-९, बसपार्क स्थित रहेको सार्वजनिक ट्वाइलेट भित्र जिल्ला
काभ्रे घर बताउने वर्ष २७ को वारिस धिताल लडी रहेको छ भन्ने सुचना प्राप्त हुना साथ
प्रहरी चौकी नारायणगढ बसपार्कबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलि खटी गई
निजलाइ उठाइ हेर्दा निजको साथमा लागुऔषध पोमेथिन-९ एम्पुल, डाइजेपाम-९ एम्पुल र
बुर्फिन-९ एम्पुल फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी
कार्यालय चितवन तर्फ पठाईएको ।