७० वर्षीय पुरूष व्यक्ति मृत अवस्थामा फेला
२०८२-०६-०९
- A
- A-
- A+
चितवन, भरतपुर महानगरपालिका-१८, गुन्जनगर घर भइ हाल जिल्ला चितवन भरतपुर महानगरपालिका-३, बाह्रघरे डेरा गरी बस्ने वर्ष ७० को सुकदेव ढकाल हराएकोमा
खोज तलास गर्ने क्रममा मिति २०८२/०६/०९ गते अन्दाजी ०८:०० बजेको समयमा निज बस्ने घर कोठा देखि ५०० मिटर पश्चिम तर्फ रहेको जुजुभाइ महर्जनको खाली
जग्गामा मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।