प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

१५० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा

२०८२-०५-३१

  • A
  • A-
  • A+
Share

मकवानपुर, भीमफेदि गाउँपालिका-२, भैसे चेकपोष्ट अगाडी प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको बा २ ख ३२१९ नं.को डिब्बा ट्रक भित्र रहेको स्टिलको दराज भित्र ६ पोका र स्टिलको बक्सा भित्र ६ पोका गरि जम्मा १२ पेटि अन्दाजी १५० किलोग्राम लागुऔषध गाँजा फेला परेको । ट्रक चालक जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ४१ को विर बहादुर तामाङलाई लागुऔषध गाँजा र ट्रक सहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर तर्फ पठाईएको । 

सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-११-११

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजारमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको ५ जनाको टोलीले  गस्ति गर्दै जाने क्रममा सडक छेउमा हिडीरहेकी देश भारत जिल्ला बेतिया १४ बस्ने वर्ष अन्दाजी ३६ की रिना देबीलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कपडाको बुटेझोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ ५ किलो १०६ ग्राम फेला परेको । निज रिना देबीसँगै हिडेरहेको सोहि-१०, बस्ने वर्ष अन्दाजी ३५ को रुपेश कुमार र अन्दाजी वर्ष ४० को राकेश कुमार समेतलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको ।