प्रहरी कार्यालय
२०८२-०५-२४
काभ्रे, धुलिखेल नगरपालिका-१२ शंखुफेदि बस्ने सुर्यमान तामाङको छोरा वर्ष अन्दाजी १७ को सुजल तामाङ आफ्नै घर अगाडि रहेको सुन्तलाको रुखमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
सिन्धुली, सुनकोशि गाउँपालिका-६, घर भई हाल जिल्ला धादिङ निलकण्ठ नगरपालिका-३, पुच्छार बजार संजोग श्रेष्ठको घरमा डेरा गरी बस्ने शुसिल पुलामिको छोरी वर्ष १४ की एकता पुलामी आफ्नै कोठामा रहेको सिलिङ फ्यानको हुकमा साडीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
धादिङ, गजुरी गाउँपालिका-४, नेवार बास स्थित बस्ने वर्ष अन्दाजी ५५ को राम बहादुर प्रजा घरबाट अन्दाजी १५० मिटर पुर्व तर्फ रहेको खनायोको रुखमा नाम्लोको डोरीले पासो लागाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
चितवन, राप्ती नगरपालिका-११, डुम्रेखाडी स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जनाको गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.६१प ७८५९ नम्बरको मोटरसाईकल, लु.२६प ६६९२ नम्बरको मोटरसाईकल र ना.५५प ७२३७ नम्बरको मोटरसाईकललाई शङ्का लागि रोकी चेकजाँच गर्ने क्रममा लु.२६प ६६९२ नं.को मोटरसाईकल र ना.५५प ७२३७ नं.को मोटरसाईकल पछाडी कालो प्लास्टिकले छोपेको अवस्थामा ५/५ वटा पोकामा ६२/६२ किलोग्राम गरी जम्मा १२४ किलोग्राम लागू औषध गाँजा सहित ३ वटा मोटरसाईकल फेला परेको । जिल्ला चितवन राप्ती नगरपालिका-११, डुम्रेखाडी बस्ने वर्ष ३३ को वीरबहादुर तामाङ र सोहि बस्ने वर्ष ३१ को हिरालाल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिराख्दा ना.६१प ७८५९ नं.को मोटरसाईकलमा सवार हाल नामथर वतन नखुलेको २ जना पुरूष व्यक्ति फरार रहेकोलाई खोज तलास भईरहेको छ ।
काभ्रे, नमोबुद्ध नगरपालिका-११, चिन्टे बस्ने साईला लामाको श्रीमती अन्दाजी वर्ष ४५ की धनमाया लामा आफ्नै घरको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।
रामेछाप, मन्थली नगरपालिका-९, पुरानोगाँउ स्थित बस्ने योगेन्द्र बहादुर थापा मगरको श्रीमती वर्ष अन्दाजी ४७ की चन्द्र माया थापा मगर आफ्नै घर देखी अन्दाजी १ कि.मि. पुर्व तर्फ रहेको आफ्नै खरपाखाको सल्लाको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।