प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी एकको मृत्यु

२०८२-०२-२४

  • A
  • A-
  • A+
Share

धादिङ, धुनिवेशी नगरपालिका-६, कालिदेविथान बस्ने वर्ष ६१ को राम तामाङले आफ्नै ढुङ्गा माटोले बनेको कच्ची घरको बाहिर पिढिको दलिनमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-१२-२७

धादिङ गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गा स्थित काठमाण्डौबाट कपिलबस्तु तर्फ आँउदै गरेको लुम्बिनि प्रदेश ०१-००१ ख ०८७३ नम्बरको यात्रु बाहक बसमा अपरिचित व्यक्तिले शंकास्पद सामान लिई गएको भनी गोप्य सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट खटिएको थियो । टोली धादिङ गल्छी गाउँपालिका-४ स्थित मासटारमा पुगी उक्त नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्दा शंकास्पद रुपमा रहेका जिल्ला धादिङ गल्छी गाउँपालिका-८ किरानचोक बस्ने वर्ष अन्दाजी २५ को हरि तामाङ र बर्ष अन्दाजी २५ को आकाश तामाङलाई नियन्त्रणमा लिई निजहरुको साथमा रहेको ४ वटा झोला चेकजाँच गर्दा लागूऔषध गाँजा ३१ किलो ४०० ग्राम  फेला परेको हो । उक्त लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागुऔषध सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-१२-२७

सिन्धुली कटारी नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको ट्राफिक सहितको टोली, लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबास र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा केनाई शाखामा खटिएको तालिम प्राप्त कुकुर जुनु (लागूऔषध खोजी गर्ने) सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९७२६ नम्बरको हायसमा सवार जिल्ला सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने वर्ष अन्दाजी २४ को उज्जल कार्कीको ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा SPASTAIN-43 tablet, Tramadol-43 tablet, र निजले साथबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ३२० मिलिग्राम फेला परेको हो । त्यस्तै धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ७७९५ नम्बरको हायसमा सवार जिल्ला कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने वर्ष ३१ को मिन कुमार चौधरीको ब्यागभित्र लुकाई छिपाई ल्याएको लागूऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ३.१५० ग्राम फेला परेको हो । उक्त लागूऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-२६

सिन्धुली दुधौली नगरपालिका-१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्रहरी चौकी दुधौली सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट आएका तालिम प्राप्त कुकर जुनु (लागूऔषध खोजी गर्ने) सहितको १२ जनाको सयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौतर्फ जादै गरेको बा ५ ख ३१५४ नम्बर हायसमा सवार जिल्ला उदयपुर कटारी नगरपालिका-८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला चेकजाँच गर्दा उक्त झोला भित्र ६ के.जी लागूऔषध गाँजा फेला परेको हो । साथै उक्त लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।