प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा मानिस झुण्डी मृत्यु

२०८१-०७-१८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८, कमाने स्थितमा डेरा गरि बस्ने जिल्ला गुल्मी, मदनी गाउँपालिका-६ स्थायी घर भएकी अन्दाजी ५० वर्षीया सिमा थापा मगर घर देखि अन्दाजी ५०० मिटर पूर्व तर्फ रहेको गोठको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा निजको छोराले देखि तत्काल सलको पासो काटी उपचारको लागी हेटौंडा अस्पताल ल्याएकोमा निजको मृत्यु भएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
१५० किलोग्राम लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा
२०८२-०५-३१

मकवानपुर, भीमफेदि गाउँपालिका-२, भैसे चेकपोष्ट अगाडी प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा पालुङबाट हेटौंडा तर्फ आउँदै गरेको बा २ ख ३२१९ नं.को डिब्बा ट्रक भित्र रहेको स्टिलको दराज भित्र ६ पोका र स्टिलको बक्सा भित्र ६ पोका गरि जम्मा १२ पेटि अन्दाजी १५० किलोग्राम लागुऔषध गाँजा फेला परेको । ट्रक चालक जिल्ला सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-८, बस्ने वर्ष अन्दाजी ४१ को विर बहादुर तामाङलाई लागुऔषध गाँजा र ट्रक सहित नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय मकवानपुर तर्फ पठाईएको । 

धादिङमा छुटा छुटै स्थानमा मानिस झुण्डी मृत्यु
२०८२-०५-३०

धादिङ, निलकण्ठ नगरपालिका-३, क्याम्पस चोक स्थित बस्ने वर्ष ३४ को रामचन्द्र श्रेष्ठ आफ्नै घरमा किरान पसल भित्र रहेको सिलिङ फ्यानको डण्डिमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, जोगि डाँडा स्थित बस्ने दिपक बि.क.को छोरी वर्ष अन्दाजी १५ की पुजा बि.क.ले आफ्नै घरको आफु सुत्ने कोठामा रहेको फलामको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।