प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मोटरसाईकल आफै पल्टिदा चालकको मृत्यु

२०८१-०७-१६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२२, अम्रेलास्टेट नजिक बा.प्र.०२-०५१प १०२१ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा मोटरसाईकल चालक जिल्ला चितवन, भरतपुर महानगरपालिका-२२ बस्ने ३१ वर्षीय अशोक भुजेल गम्भिर घाईते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भई रहेकोमा निजको उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाईकल धनी भरतपुर महानगरपालिका-२२ बस्ने २२ वर्षीय सुदिप आले मगर र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको छ ।

सम्बन्धित समाचार
३ किलो ४७८ ग्राम लागुऔषध अफीम सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-०५

मकवानपुर, मनहरी गाउँपालिका-७, स्थित इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलिले रुपाचुरी देखि मनहरी बजार तर्फ आवतजावत गर्ने भित्रि सडकखण्डमा गस्ति गर्दे जाने क्रममा रुपाचुरी तर्फ बाट मनहरीबजार तर्फ पैदल हिडिरहेको जिल्ला मकवानपुर मनहरी गाउँपालिका-६, रुपाचुरी बस्ने वर्ष अन्दाजी ३२ को देबचन्द्र घलानलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजले बोकेको कपडाको रातो कलरको झोला भित्र प्लाष्टिकमा लुकाई छिपाई राखेको लागुऔषध अफीम जस्तो देखिने पदार्थ ३ किलो ४७८ ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।