प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी एकको मृत्यु

२०८१-०२-१६

  • A
  • A-
  • A+
Share

काभ्रे, रोशी गाउँपालिका-२, नारायणटार बस्ने कालु लामाको छोरी अन्दाजी वर्ष १२ की बेनिसा तामाङ आफ्नै घरको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी रहेको अवस्थामा फेला पारी निजको बुबा आमाले धुलिखेल हस्पिटलमा ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-१२-२७

धादिङ गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गा स्थित काठमाण्डौबाट कपिलबस्तु तर्फ आँउदै गरेको लुम्बिनि प्रदेश ०१-००१ ख ०८७३ नम्बरको यात्रु बाहक बसमा अपरिचित व्यक्तिले शंकास्पद सामान लिई गएको भनी गोप्य सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बैरेनीबाट खटिएको थियो । टोली धादिङ गल्छी गाउँपालिका-४ स्थित मासटारमा पुगी उक्त नम्बरको यात्रुबाहक बस रोकी चेकजाँच गर्दा शंकास्पद रुपमा रहेका जिल्ला धादिङ गल्छी गाउँपालिका-८ किरानचोक बस्ने वर्ष अन्दाजी २५ को हरि तामाङ र बर्ष अन्दाजी २५ को आकाश तामाङलाई नियन्त्रणमा लिई निजहरुको साथमा रहेको ४ वटा झोला चेकजाँच गर्दा लागूऔषध गाँजा ३१ किलो ४०० ग्राम  फेला परेको हो । उक्त लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागुऔषध सहित दुई जना मानिस नियन्त्रणमा
२०८२-१२-२७

सिन्धुली कटारी नगरपालिका-९ भिमान चेकपोष्ट स्थित वि.पी.राजमार्ग सडक खण्डमा इलाका प्रहरी कार्यालय भिमान सिन्धुलीबाट खटिएको ट्राफिक सहितको टोली, लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय, बर्दीबास र बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा केनाई शाखामा खटिएको तालिम प्राप्त कुकुर जुनु (लागूऔषध खोजी गर्ने) सहितको संयुक्त चेकिङ टोलीले चेकजाँच गर्दा धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ९७२६ नम्बरको हायसमा सवार जिल्ला सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने वर्ष अन्दाजी २४ को उज्जल कार्कीको ब्यागभित्र लुकाई छिपाई राखेको अवस्थामा SPASTAIN-43 tablet, Tramadol-43 tablet, र निजले साथबाट लागूऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ३२० मिलिग्राम फेला परेको हो । त्यस्तै धरानबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा ३ ख ७७९५ नम्बरको हायसमा सवार जिल्ला कैलाली धनगढी उपमहानगरपालिका-१ बस्ने वर्ष ३१ को मिन कुमार चौधरीको ब्यागभित्र लुकाई छिपाई ल्याएको लागूऔषध खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ ३.१५० ग्राम फेला परेको हो । उक्त लागूऔषध सहित निजहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।

लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा
२०८२-१२-२६

सिन्धुली दुधौली नगरपालिका-१० सिर्जनानगर स्थित मदन भण्डारी राजमार्गमा प्रहरी चौकी दुधौली सिन्धुली र बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाबाट आएका तालिम प्राप्त कुकर जुनु (लागूऔषध खोजी गर्ने) सहितको १२ जनाको सयुक्त टोलीले सवारी चेकजाँच गर्ने क्रममा दमकबाट काठमाण्डौतर्फ जादै गरेको बा ५ ख ३१५४ नम्बर हायसमा सवार जिल्ला उदयपुर कटारी नगरपालिका-८ आहाले बस्ने वर्ष ३७ को टेक बहादुर मगरले बोकेको कालो झोला चेकजाँच गर्दा उक्त झोला भित्र ६ के.जी लागूऔषध गाँजा फेला परेको हो । साथै उक्त लागूऔषध गाँजा सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको छ ।