प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८०-०९-२०

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५, रातोमाटे चेक पोइन्ट स्थित पूर्व पश्चिम सडक खण्डमा रातोमाटेबाट प्रहरी बरिष्ठ नायव निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले नारायणघाटबाट बिरगंज तर्फ जाँदै गरेको ना.४ ख.५९२२ नं.को यात्रु बाहक बस लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार देश भारत मोतिहारी बस्ने वर्ष अन्दाजी ३७ को जितेन्द्र जैसवाल र सोहि बस्ने वर्ष अन्दाजी ३७ को मनोज कुमारले पेट देखी छातिको भागमा पलास्टिकले बेरेर अन्दाजी २/२ किलो गरी जम्मा अ ४ किलो लागुऔषध गाँजा फेला परेको थियो । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा
२०८२-११-११

मकवानपुर, मनहरी गाउँपालिका-७, मनहरी बजारमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटीएको ५ जनाको टोलीले  गस्ति गर्दै जाने क्रममा सडक छेउमा हिडीरहेकी देश भारत जिल्ला बेतिया १४ बस्ने वर्ष अन्दाजी ३६ की रिना देबीलाई शंका लागी चेकजाँच गर्दा निजले बोकेको कपडाको बुटेझोलामा लुकाई छिपाई ल्याएको लागुऔषध गाजाँ ५ किलो १०६ ग्राम फेला परेको । निज रिना देबीसँगै हिडेरहेको सोहि-१०, बस्ने वर्ष अन्दाजी ३५ को रुपेश कुमार र अन्दाजी वर्ष ४० को राकेश कुमार समेतलाई लागुऔषध गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मनहरीमा ल्याईएको ।