प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मृत फेला

२०८०-०९-०६

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-३, बेल्सी स्थित कयरकाली मुकतेश्वर महादेव मन्दिरको धर्मशालामा हाल नामथर वतन नखुलेको मागी खाई हिड्ने अन्दाजी वर्ष ६०/६५ को पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।


सम्बन्धित समाचार
लागुऔषध सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-१०-२३

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१०, बुद्धचोक स्थित सार्वजनिक स्थलमा लागुऔषध ओसारपसार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ५ जना प्रहरी टोलीले जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १९ को विजय सहनीलाई शंका लागि चेकजाँच गर्दा निजले बोकेको प्लाष्टिकको झोला भित्र लुकाई छिपाई ल्याएको लागुऔषध नाइट्राजेपाम ५७ पत्तामा (५७० ट्याबलेट) रहेको र निजसँगै रहेको जिल्ला पर्सा धोबिनी गाउँपालिका-४, घर भई हाल जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-१, जरूवाटोल स्थित डेरा गरी बस्ने वर्ष अन्दाजी १८ को मनिस गुप्तालाइ समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।