प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान गोष्ठी-२०८० सम्पन्न

२०८०-०८-११

  • A
  • A-
  • A+
Share

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा २०८०।०८।१० गते देखि काभ्रेपलाञ्चोक जिल्ला स्थित धुलिखेल लज एण्ड रिसोर्टमा सञ्चालन भएको २ दिवसीय बागमती प्रदेश स्तरीय सुरक्षा तथा अपराध अनुसन्धान सम्बन्धी गोष्ठी-२०८०” सम्पन्न भएको छ । उक्त गोष्ठी कार्यक्रम तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूबाट समुद्घाटन भई आज मिति २०८०।०८।११ गते माननीय आन्तरिक मामिला तथा कानून मन्त्री  श्री गंगानारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्याताम गोष्ठी कार्यक्रम समापन भएको छ । दुई दिने गोष्ठी कार्यक्रमको पहिलो चरणमा बागमती प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध अनुसन्धान, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र.ब.उ.दिपक रेग्मीज्यूले प्रदेशभित्रको समग्र अपराध अनुसन्धान तथा विद्यमान अवस्थाप्रहरी प्रधान कार्यालय साइबर ब्युरो, भोटाहिटीबाट साइबर अपराध अनुसन्धानको विद्यमान अवस्था र अनुसन्धानमा देखिएका चुनौतिहरू, जिल्ला सरकारी वकिल कार्यालय काभ्रेपलान्चोक जिल्ला न्यायाधिवक्ता र उच्च सरकारी वकिल कार्यालय पाटनका सहन्यायाधिवक्ताबाट अनुसन्धानमा देखिएका चुनौतीहरू, अनुसन्धान र अभियोजनमा देखिएका चुनौती तथा अनुसन्धानकर्ता  र अभियोजनकर्ता बीच समन्वयका क्षेत्रहरू विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

            दोस्रो चरणमा जिल्लागत अपराध अनुसन्धानमा भएका दुबिधा, कानुनी जटिलता, समस्याहरू सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, अनुसन्धान अधिकृतहरू र अभियोजनकर्ताहरू बिचमा आवश्यक छलफल तथा अन्तर्क्रिया कार्यक्रम भएको थियो । सो पश्चात् बागमती प्रदेश प्रहरी प्रमुख तथा मातहतका दश (१०) जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूबिच कसूर अनुसन्धानमा प्रभावकारिता ल्याउने उद्देश्यका साथ प्राप्त श्रोत साधनहरूको अधिकतम उपयोग गरी अनुसन्धानको कार्यलाई कानुनी परिधि भित्र रही वैज्ञानिक, प्रमाणमुखी र पीडित मैत्री बनाउन प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको थियो ।

    उक्त  दुई दिवसीय गोष्ठीमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाज्यू, बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू, काभ्रेपलाञ्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माज्यू, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीका समादेशक कृष्ण हरि शर्माज्यू, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्र.ब.उ. दिपक रेग्मीज्यू, नेपाल प्रहरी प्रदेश कार्यालय बनेपा, काभ्रेपलाञ्चोकका नि.प्रमुखज्यू, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षकज्यूहरु तथा प्रहरी नायव उपरीक्षकज्यूहरु, अपराध अनुसन्धान शाखामा कार्यरत अनुसन्धान अधिकृतहरू सहित  ११५ जनाको उपस्थिति रहेको । साथै गोष्ठी कार्यक्रममा तालुक नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङज्यूबाट आवश्यक निर्देशन तथा सुझाव दिई मन्तव्य व्यक्त गर्नु भएको, बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव ध्रुव गैडाज्यू तथा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यूबाट कार्यक्रमको औचित्य बारे प्रस्ट पार्दै धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो । कार्यक्रम समापन पश्चात् सोही अवसरमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू र मातहत जिल्ला प्रहरी कार्यालय प्रमुखहरूबिचमा भएको वार्षिक कार्यसम्पादन सम्झौताको समीक्षा बैठक समेत सम्पन्न भएको थियो । 

सम्बन्धित समाचार
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला
२०८३-०६-०७

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार १४:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ५० जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २२ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।              बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २ सय ४२ जना व्यक्तिहरूलाई राखिएको छ । 

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला
२०८३-०६-०६

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार बिहान ०८:०० बजे सम्म १ हजार ४ सय ५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ३ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र नवलपरासी पश्‍चिममा २ सय २२ जना गरी १ हजार ४ सय ४९ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।   फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३ सय ३३ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३ सय २९ र आफन्तका २ हजार १६ गरी कुल ३ हजार ३ सय ४५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४ सय २४ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७ सय १८  जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार ३ सय ४७ जना व्यक्तिहरूलाई राखिएको छ ।   

बिष्फोटक पर्दाथको सामान सहित १ जना मानिस नियनत्रणमा
२०८३-०६-०६

जिल्ला धादिङ खनियाबास गाँउपालिका-४ किन्ताङफेदि स्थितमा किन्ताङफेदिबाट धादिङबेशि तर्फ जाँदै गरेको BAA 0734 नं. को जिपमा सवार जिल्ला सुर्खेत हरिहर गाँउपालिका-१ चितिचौर घर भई हाल जिल्ला धादिङ रुविभ्यालि गाँउपालिका-४ स्थित गोरक्ष हाईट्रोपावरमा काम गर्ने कामदार बर्ष अन्दाजी ३५ को चन्द्र बहादुर भारतीले घर फर्किने क्रममा हाईट्रोपावरमा भएको १०० मिटर बलाष्टिङ गर्ने कालो रातो मसिनो तार, डटोनेटर ४ थान (पट्काउने काम गर्ने) र ३ वटा इमुलेसन बरामद गरी सामान सहित निजलाई नियनत्रणमा लिएको, जिल्ला प्रहरि कार्यालय धादिङमा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको ।

लागुऔषध सहित २ जना मानिस नियन्त्रणमा
२०८३-०६-०६

जिल्ला मकवानपुर  हटौडा उप-महानगरपालिका-१० बसपार्क पिप्लबोट स्थित ऐ.ऐ. ८ कमाने बस्ने रिता मोक्तानको छोरा वर्ष अन्दाजी १८ को आकाश मोक्तान र ऐ.ऐ. १ चौकीटोल बस्ने कमल लोप्चनको छोरा वर्ष अन्दाजी १८ को बिपिन लोप्चन बिच एक आपसमा वादबिवाद तथा झै झगडा भई रहेको छ भन्ने जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई निजहरुलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिपिन लोप्चनको मोबाईलको कभरमा लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरी शुद्व तौल गर्दा ५० मिलिग्राम सहित दुबै जना लाई जिल्ला प्रहरी कार्यालय मकवनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।