प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

२०८०-०६-१८

  • A
  • A-
  • A+
Share

नुवाकोट, म्यागाङ गाउँपालिका-२, बुङताङ स्थित बस्ने वर्ष ७१ को सेते सुनारको आरनमा भरुवा बन्दुक मर्मत गर्दै छ भन्ने खबर यस प्रहरी चौकी देउराली नुवाकोटमा प्राप्त हुना साथ यस चौकी  देउरालीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटी गई भरुवा बन्दुक -२ थान र भरुवा बन्दुक मर्मत गर्न ल्याउने सोहि बस्ने वर्ष ५२ को सिंह तामाङ र वर्ष २७ को साहिल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार
लागुऔषध गाँजा सहित २ जना व्यक्ति नियन्त्रणमा
२०८२-११-२५

मकवानपुर, मनहरी गाउँपालिका-८, सिमपानी स्थित सिमपानी देवकोट भित्रि सड्कखण्डमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको ७ जना प्रहरी टोलीले देवकोट तर्फ बाट सिमपानी तर्फ आउँदै गरेको बा.प्र.०३-००१ ह २०७६ नम्बरको अटोलाई शंका लागि रोकि चेकजाँच गर्दा उक्त अटो भित्र रातो प्लाष्टिकले बेरेर राखेको १० वटा पोका मा अन्दाजी १०० किलोग्राम लागुऔषध गाँजा फेला परेको । अटो चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६, धुसराङ बस्ने वर्ष अन्दाजी ३३ को सन्त सिंह लामा र राक्सिराङ गाउँपालिका-२, सुनारी सौराह बस्ने वर्ष अन्दाजी ३० को सन्तविर मोक्तानलाई अटो सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।