प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

अवैध लागुऔषध सहित १ जना पक्राउ

२०८०-०६-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१७, गाजीपुर बस्ने ३० वर्षीय धिरज लामाले आफ्नै घरबाट लागुऔषध बेचबिखन तथा सेवन गर्ने गरेको छ भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय, फुलवारीबाट प्रहरी टोली खटि गई निज धिरज लामाको घरमा रितपूर्वक खानतलासी गर्दा पलास्टिकको प्याकेट गुलाबी रंगका ७ वटा पुरियामा पोका बनाई राखेको अवस्थामा लागूऔषध खैरो हिरोइन जस्तो पदार्थ अन्दाजी १ ग्राम बरामद गरि निजलाई पक्राउ गरिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार
लागुऔषध सहित २ जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११, थानाभर्‍याङ सहकारी भवन स्थित सडक छेउमा लागुऔषध बिक्रि बितरण भईरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलिले जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका-११, बस्ने वर्ष अन्दाजी २२ को छिरिङ लो को साथबाट २ वटा प्लाष्टिकका पुरियामा लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ तौल गर्दा (२५० मिलि ग्राम भएको) र निज संगै रहेको सोहि हेटौंडा उपमहानगरपालिका-१९, बस्ने वर्ष अन्दाजी २९ को बिनोद राज जिम्बालाई समेत लागुऔषध सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई राखिएको ।